काठमाडौं,४ चैत ।
रसुवा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । आइतबार बिहान ९ बजेर ४४ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार रसुवाको जुरेढुंगा आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि फागुन २८ गते बाजुराको जुगाडा भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।








