बुटवल,१६ चैत ।
रुपन्देहीको शुद्धोधन गाउँपालिका कार्यालयको प्रमुख प्रशासकीय अधिकृत र एक वडाअध्यक्षसहित तीनजना घुस रकमसहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।

अख्तियारको नियन्त्रणमा पर्नेमा शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी, सोही गाउँपालिकाको वडा नम्बर ७ का वडाअध्यक्ष भीमबहादुर यादव र विचौलिया विनोद भर रहेका छन् ।

उनिहरुलाई ५० हजार रुपैयाँ घुस रकम सहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले जनाएको छ ।

नदीजन्य पदार्थ उत्खनन् सम्बन्धमा घुस माग गरेको उजुरीको आधारमा उनीहरुलाई गाउँपालिकाको चमेना गृहबाट घुस रकमसहित आज विहान साढे ११ बजे उनीहरुलाई नियन्त्रणमा लिइएको पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसनधान आयोगको दाबी छ ।