बुटवल,१९ कार्तिक ।
आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचन स्वतन्त्र नागरिक समूह नेपालले पनि बहिस्कार गर्ने भएको छ ।
समूहले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी एमसीसी परियोजनाले देशको राष्ट्रियतामाथी कलंक लगाएको र आगामी निर्वाचन एमसीसी परियोजनाको दृढ कार्यान्वयनमा बादरलाई लिस्नु सरह हुने भएकोले निर्वाचन बहिस्कार गरिएको जनाएको हो ।
पत्रकार सम्मेलनमा समूहका अध्यक्ष विश्वराज गैह्रेले केही अपवाद बाहेक बिगतमा निर्वाचित जनप्रतिनिधिहरुले देशको हितमा काम गर्न नसकेको र अबको निर्वाचनमा पनि अधिकांस उम्मेदवार पुरानै अनुहार रहेकोले उनिहरुबाट देशको हितमा काम हुन नसक्ने निस्कर्ष सहित निर्वाचन बहिस्कार गरिएको बताए ।
गलत बाटोबाट ल्याइएको धर्मनिरपेक्षता र आवस्यकता नभएको संघीयता तथा देशको राष्ट्रियतामाथी कलंक लगाउदै हुन लागेको निर्वाचन एमसीसी परियोजनाको दृढ कार्यान्वयनमा बादरलाई लिस्नु सरह हुनेछ भन्नेमा स्वतन्त्र नागरिक समूह नेपाल सजग रहेको समूहका अध्यक्ष गैह्रे र महासचिब टोप बहादुर केसीद्धारा हस्ताक्षरीत विज्ञप्तिमा जनाइएको छ ।
निर्वाचन बहिस्कार गरे पनि समूहको निर्वाचनमा बाधा अबरोध गर्ने कार्यक्रम भने नभएको बताए ।
स्वतन्त्र नागरिक समूह नेपालका अध्यक्ष गैह्रेको सभापतित्वमा सम्पन्न कार्यक्रममा समूहका उपाध्यक्ष दील बहादुर राना,महासचिब टोप बहादुर केसीले निर्वाचन बहिस्कार गर्नुको कारणबारे आ आफ्नो भनाई राखेका थिए ।
नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा,सोही पार्टीबाट फुटेको नेकपा बहुमत,मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकार माओवाद) राष्ट्रिय जनमोर्चाबाट बिद्रोह गरेको राष्ट्रिय जनमोर्चा महाधिवेशन आयोजक समिति लगायतका बाम दलहरुले निर्वाचन बहिस्कार गर्ने बताइरहेका बेला स्वतन्त्र नागरिक समूहले पनि निर्वाचन बहिस्कार गर्ने जनाएको हो ।








