चितवन,२७ जेठ । नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन सुचारु भएको छ । चितवनको तोपे खोलामा गएको पहिरो हटाएपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको हो ।
आज बिहान पौने ९ बजेतिर खसेको पहिरो हटाएपछि दिउँसोदेखि सवारी आवागमन सुचारु भएको बागमती ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले जानकारी दिए ।
पहिरोका कारण बिहिबार पनि साे सडकखण्ड अवरुद्ध भएको थियो ।
रातभरको प्रयासमा पहिरो पन्छाएर सवारी साधनलाई पालैपालो गन्तव्यमा पठाइरहेको बेला शुक्रबार बिहान फेरि पहिरो खसेर सवारी आवागमन अवरुद्ध भएको थियो ।
अहिले बाटो खुले पनि फेरि पहिरो खस्ने जोखिम कायमै रहेको प्रहरीले जनाएको छ ।






