काठमाडौ,२३ जेठ ।
हप्तामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

आवश्यक विचार विमर्श नै नगरी मन्त्रिपरिषदले हप्तामा दुई दिन सार्वजनिक विदा दिएको भन्दै अधिवक्ता रामबहादुर शाही, तेजबहादुर लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले रिट दायर गरेका हुन् ।

उनीहरुले आइतबार पनि सार्वजनिक विदा दिने वैशाख २६ गतेको निर्णय बदर गर्न परमादेशको माग गरेका छन् ।

गत बैशाख २६ गतेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार जेठ १ देखि सरकारी कार्यालयमा शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा हुँदै आएको छ ।

हप्तामा दुई दिन सार्वजनिक बिदा दिनु ब्यवहारिक नभएको भन्दै केही स्थानीय तहले सरकारको निर्णय कार्यान्वयन नगर्ने घोषणा समेत गरिसकेका छन भने केही स्थानीय तहले हप्तामा एक दिन मात्रै सार्वजनिक बिदा दिने घोषणा गर्ने तयारीमा छन् ।

बिशेष गरी निजि शिक्षण संस्थाहरुले दुई दिने सार्वजनिक बिदा कार्यान्वयन नगर्ने चेतावनी दिएका छन् ।