काठमाडौं,२१ जेठ । नेकपा एमालेको अनुशासन आयोगले पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारबाहीको सिफारिस गरेको छ ।

भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकाले पार्टी विधान बमोजिम उनलाई कारबाही गर्न सिफारिस गरेको आयोगका अध्यक्ष केशव बडालले जानकारी दिए । पार्टी हित विपरीत गएकाे भन्दै आयाेगकाे सचिवालय बैठकले एम जना स्थायी कमिटी सदस्यलाई कारबाहीको सिफारिस गरेको बडालले बताए ।

भूसालले एक अन्तर्वार्ता मार्फत अध्यक्ष ओलीको आलोचना गरेका थिए ।

पार्टी विधान बमोजिम आवश्यक कारबाहीको निर्णय भने पार्टी कमिटीबाट हुने उनले बताए ।