काठमाडौं,१५ जेठ ।
सरकारले निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने व्यवस्था मिलाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक बर्ष २०७९/०८० काे बजेट सार्वजनिक गर्दै मिर्गौला रोगीहरूको लागि निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने व्यवस्था मिलाएको घोषणा गरेका हुन् ।
विपन्न मिर्गौला रोगीहरूलाई निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड रूपैयाँ विनियोजन गरिएको अर्थमन्त्री शर्माले जानकारी गराए । आगामी आर्थिक वर्षको बजेटमा सरकारले क्यान्सर र मेरुदण्डका बिरामीलाई मासिक ५ हजार भत्ता उपलब्ध गराउने घाेषणा समेत गरेको छ ।
यसका लागि १ अर्ब ५० करोड बजेट विनियोजन गरिएको शर्माले बताए ।






