काठमाण्डाै,८ जेठ । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत अहिलेसम्म ६९६ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार २ सय ४८ नगरपालिका र ४ सय ४८ गाउँपालिकाको नतिजा सार्वजनिक भएको हो ।

घाेषित मत परिणाम अनुसार नेपाली कांग्रेसले ३१० पालिकाकाे प्रमुख र २८३ उप प्रमुख पद जितेर अग्र स्थानमा रहेकाे छ ।
१८८ पालिकाकाे प्रमुख र २१३ उप प्रमुख पद जितेर नेकपा एमाले दाेस्राे स्थानमा रहेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रले १२० पालिकाकाे प्रमुख र १२५ उप प्रमुख पद जितेर तेस्रो स्थानमा रहेको छ ।

जनता समाजवादी पार्टी जसपाले २४ पालिकाकाे प्रमुख र २८ पालिकाकाे उप प्रमुख पदमा विजयी भएको छ भने नेकपा एकीकृत समाजवादी १७ पालिकाकाे प्रमुख र २० पालिकाकाे उप प्रमुख पदमा विजयी भएको छ ।

त्यस्तै लाेकतान्त्रीक समाजवादी पार्टीले १० पालिकाकाे प्रमुख र ९ पालिकाकाे उप प्रमुख पद जितेको छ भने राप्रपाले ४ पालिकाकाे प्रमुख र ४ पालिकाकाे उप प्रमुख पदमा विजयी भएको छ ।

राष्ट्रिय जनमोर्चाले ४ पालिकाकाे प्रमुख र ३ पालिकाकाे उप प्रमुख पदमा विजयी भएको छ भने नागरिक उन्मुक्ति पार्टीले पनि ४ पालिकाकाे प्रमुख र ३ पालिकाकाे उप प्रमुख पद जितेको छ ।

त्यस्तै सिके राउत नेतृत्वको जनमत पार्टीले २ पालिकाकाे प्रमुख र १ पालिकाकाे उप प्रमुख पदमा विजयी भएको छ ।

विवेकशील साझा पार्टी १ पालिकाकाे प्रमुख र १ पालिकाकाे उप प्रमुखमा विजयी भएको छ ।
त्यस्तै नेपाल मजदुर किसान पार्टीले १ पालिकाकाे प्रमुख र १ पालिकाकाे उप प्रमुख जितेको छ भने जनता प्रगतिशील पार्टीले पनि १ प्रमुख र १ उप प्रमुख पद जितेको छ ।

तमलोपा १ पालिकामा मात्रै विजयी भएको छ भने स्वतन्त्र
बाट ९ पालिकाकाे प्रमुख र ४ पालिकाकाे प्रमुखमा विजयी भएको निर्वाचन आयाेगकाे तथ्यांकमा उल्लेख छ ।