काठमाण्डौ,७ जेठ ।
बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचन अन्तर्गत अहिलेसम्म ६९० वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म २४३ नगरपालिका र ४४७ गाउँपालिका गरी ६९० पालिकाको मत परिणाम सार्वजनिक भएको हो ।

घोषीत मतपरिणाम अनुसार नेपाली कांग्रेसले १२१ मेयर र १८४ अध्यक्ष गरी ३०५ पालिकामा प्रमुख पद जितेको छ । त्यस्तै ९३ उपमेयर र १८७ उपाध्यक्ष गरी २८० ठाउँमा कांग्रेसले उपमेयर तथा उपाध्यक्ष जितेको छ ।

नेकपा एमाले दोस्रो स्थानमा छ । उसले मेयरमा ६६ र अध्यक्षमा १२१ गरी १८७ पालिकामा जितेको छ । एमालेले उपमेयर ८९ र उपाध्यक्ष १२२ गरी २११ पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको छ ।

माओवादी केन्द्रले मेयर २३ र अध्यक्ष ९६ गरी ११९ पालिकामा प्रमुख तथा उपमेयर ३१ र उपाध्यक्ष ९३ गरी १२४ पालिकामा उपमेयर तथा उपाध्यक्ष पद जितेको छ ।

एकीकृत समाजवादीले ९ पालिकामा मेयर, जसपाले १९ पालिकामा अध्यक्ष तथा स्वतन्त्र र अन्य दलले अहिलेसम्म ५१ वटा पालिकामा मेयर तथा अध्यक्ष जितेको निर्वाचन आयोगको विवरण उल्लेख छ ।