काठमाण्डाै,२३ बैशाख ।
आज दिउँसाे देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएको छ ।
मौसमविद् हिरा भट्टराईका अनुसार आज दिउँसाे देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ । आज राति पनि वाग्मती, गण्डकी र प्रदेश-१ का पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने अनुमान छ ।
भोलि पनि देशका धेरै ठाउँको मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । देशका पहाडी क्षेत्रमा भोलि पनि हल्कादेखि मध्यम खालको वर्षाको अनुमान छ ।
मौसमविद् हिरा भट्टराईका अनुसार नेपालमा अहिले स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागमा बनेको न्यून चापीय प्रणालीको प्रभाव परेको छ ।








