बुटवल,२७ चैत ।
बुटवल वडा नं.१ मा रहेकाे पद्म चैत्य बिहारमा भवन निर्माणकाे लागि जग्गा प्रदान गर्ने दातालाई अभिनन्दन गरिएकाे छ ।

आइतबार बिहारमा एक कार्यक्रमकाबीच जग्गा दाता देविन्र्द प्रसाद प्रधान र सरिता प्रधानलाई सम्मान गरेकाे हाे ।

यस्तै भवन निर्माणमा सहायाेग गर्ने मैयादेवी शाक्यलाई समेत सम्मान गरिएकाे पद्मम चैत्य बिहार बुटवलका अध्यक्ष सुरेश रत्न बज्राचार्यले जानकारी दिए ।
१०७ वर्ष पुरानाे ऐतिहासिक बिहारकाे संरक्षण र प्रबद्वनमा सहयाेग पुराएका दाताहरूदाई सम्मान गरिएकाे उनले बताए ।
प्रध्यापक तथा बाैद्व धर्मका गुरु डा. सांकिच महास्थविरकाे प्रमुख अातिथ्यतमा कार्यक्रमकाे अायाेजना गरीएकाे थियाे ।
कार्यक्रममा बाेल्दै उनले जग्गा दान महान दान भएकाे बताउदै सुख शान्तिकाे लागि बुद्वका उपदेशकाे पालना गर्नुपर्नेमा जाेड दिए । उनले ऐतिहासिक बिहारकाे संरक्षण तथा प्रबद्वनकाे लागि सबै पक्ष लाग्नु पर्नेमा जाेड दिए ।
बिहारका प्रमुख उपसंरक्षक बिमल बहादुर शाक्यले पद्मम बिहार ऐतिहासिक भएकाले बाैद्व शिक्षा अध्ययन गर्ने विद्यार्थीकाे लागि अध्ययनकाे क्षेत्र बन्ने दाबी गरे । यस्तै साेही अवसरमा भिक्षु सागर धम्मले प्रकाशन गरेकाे बुद्व जीवनमा आधारित पुस्तककाे बिमाेचन गरिएकाे थियाे ।
पद्मम चैत्य बिहारका अध्यक्ष सुरेशरत्न बज्राचार्यकाे अध्यक्षतामा अायाेजना सम्पन्न कार्यक्रममा बिहारका सल्लाहकार जिवन प्रसाद आेझा, उपाध्यक्ष पदमलाल शाक्य, महासचिव दीपक बहादुर थापा लगायतले बाेलेका थिए ।








