पाेखरा,१७ भदौ । पोखरामा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ ।
घटनामा एक जना घाइते भएका छन् भने एक जना बेपत्ता छन् ।

मृत्यु हुनेमा पोखरा महानगरपालिकाको वडा नम्बर २० भलामका कृष्णबहादुर श्रेष्ठ र उनकी श्रीमती सुनमायाको मृत्यु भएको हो । श्रेष्ठका १० वर्षका छोराको भने उद्धार गरिएको छ । उनको मणिपाल अस्पतालमा उपचार भइरहेको छ भने अर्का छोरा पहिरोमा पुरिएर हराइरहेकाे प्रहरीले जनाएको छ ।

गएराति पोखराका अन्य धेरै क्षेत्रमा पनि बाढी पहिरोले क्षति पुर्याएको छ । आज पनि पोखरालगायत गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।