स्याङ्जा,१४ भदौ । पाल्पा र स्याङ्जाको संगमस्थल राम्दी पुल नजिकै पहिरो खसेर
अवरुद्ध भएको सिद्धार्थ राजमार्ग अझै सुचारू हुन सकेको छैन । स्याङ्जाको गल्याङ नगरपालिका-१ राम्दीमा खसेको ढुंगे पहिरोले राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
ठूल–ठूला ढुंगासहितको पहिरो खसेर आइतबार दिउँसोदेखि
राजमार्ग पूर्णरूपमा अवरुद्ध छ।
सोमबार बिहानदेखि पहिरो पन्छाउने काम भइरहेकाे प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । सडकमा खसेकन ढुंगा फुटाउन डोजर र ब्रेकरले प्रयोग गरिए पनि पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले कठिनाइ भएको अधिकारले बताए ।
आइतबार करिब दिउँसो साढे चार बजे खसेको पहिरोले सिद्धार्थ राजमार्ग छेउमा रहेका दुईवटा होटल पुरिँदा एक जनाको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए ।







