काठमाडौँ,२७ वैशाख । नेपालमा साेमबार थप ९ हजार १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १७ हजार ६२३ पीसीआर परीक्षण गर्दा नेपालमा ९ हजार १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणा पुष्टि हुनेको संख्या ४ लाख ३ हजार ७९४ पुगेकाे छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा थप ४ हजार ७ जना निको भएका छन् ।
नेपालमा हालसम्म निको हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर १३९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ८५९ र
नेपालमा सक्रिय संक्रमितको संख्या ९३ हजार १४१ रहेको छ ।