बुटवल,१४ बैशाख ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले संचालन बिशेषस्वीप अप्रेशनका क्रममा ८३ जनालाई नियन्त्रणमा लिएको छ ।

आइतबार राती जिल्लाका बिभिन्न स्थानहरुमा गरिएको बिशेषस्वीप अप्रेशनका क्रममा ८३ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत समेतमा संचालितबिशेषस्वीप अप्रेशनमा जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा ८३ जना मानिसहरुलाई नियन्त्रणमा लिइ निजहरुको अपराधिक गतिविधि सम्बन्धी थप अनुसनधान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी गण्ेश सापकोटाले जानकारी दिए ।

यसअघी शनिबार गरिएको बिशेषस्वीप अप्रेशनका क्रममा प्रहरीले १०३ जनालाई नियन्त्रणमा लिएको थियो ।