बुटवल,११ बैशाख ।
पुर्व सैनिक कल्याणकारी संगठन १/३ गाेर्खा राइफल्स, अशोक चक्र बटालियनकाे २११ औं स्थापना दिवस शुक्रबार बुटवलमा सम्पन्न भएको छ ।
संगठनका अध्यक्ष हनेरी सुवेदार मेजर गंगबहादुर थापाको सभापतित्व र नायक बलबहादुर श्रीसकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा
सल्लाहकार झमबहादुर गुरूङ,हनेरी क्याप्टेन इन्द्रबहादुर थापा,
हनेरी क्याप्टेन अम्मरबहादुर थापा,संगठनका महिला सदस्य शिला आलेलगायतले कार्यक्रमकाे उदेश्य र औचित्यबारे आ आफ्नो भनाइ राखेका थिए ।
संगठनका वरिष्ठ उपाध्यक्ष लुमबहादुर सारूकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा उत्कृष्ट अंकसहित उच्च शिक्षा हाशिल गर्न सफल संगठनका आजिवन सदस्यहरूका छाेराछाेरीहरूलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरूमा जानुका बुढाथोकी,गगन बुढाथोकी,सुजाता श्रेष्ठ,धिरज थापा,प्रेमा आले रहेका छन् ।
साे अवसरमा कलाकारहरू मनकुमारी थापा,शाेभा गुरूङ,रिना थापा,जुना राना,प्रकाश गुरूङ,मुना गुरूङ,तिलक गुरूङले सांगीतिक प्रस्तुति गरेकाे संगठनका सचिव सुवेदार मेजर अमरबहादुर थापाले जानकारी दिए ।






