राेल्पा,२२ चैत ।
राेल्पाकाे सुनिलस्मृति गाउँपालका-२ भालुबाङ-सुलिचौर खडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

खुङग्रीबाट सुलिचौरतर्फ जाँदै गरेका दुई मोटरसाइकल एक्लेपिपलस्थित सडकमा ठोक्किंदा सुनिलस्मृति गाउँपालिका-२ कै २७ वर्षीय मनोज मरमथानीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसा आज बिहान ८ बजेको समयमा रा६प ५५२७ नम्बरको मोटरसाइकल र रा३प १०१७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा १८ वर्षीय साइमन सेन ठकुरी, १८ वर्षकै अर्पण शाह ठकुरी र १६ वर्षीय हिमाल चन्द घाइते भएका छन् । साइमनको टाउकोमा गम्भीर चोट लागेकोले उपचारका लागि बुटवल रिफर गरिएको छ ।

घाइते भएका अर्पण र हिमाल एसईई दिइरहेका विद्यार्थी हुन् ।