बुटवल,१३ चैत ।
बुटवलमा चैत १९ गतेदेखि ३० गतेसम्म सहिद प्रचण्ड थैव स्मृति दाेस्राे साैभाग्य गाेल्डकप प्रतियोगिता हुने भएको छ ।

आयोजक साैभाग्य युवा क्लबले आज बुटवलमा पत्रकार सम्मेलनको आयोजनामा गरि प्रतियोगिताको तयारी बारे जानकारी गराएको हो ।

रूपन्देहीका विभिन्न फुटबल क्लबसहित १२ टिमकाे सहभागीता रहने साे प्रतियोगिताकाे विजेताले नगद पाँच लाख पाँच हजार सहित शिल्ड,मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ ।

प्रतियोगितामानगद दुई लाख ५५ हजार दाेस्राे हुनेले शिल्ड,मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने क्लबका अध्यक्ष सुजु मल्लले जानकारी दिए ।

त्यस्तै प्रतियोगितामा सर्वाेत्कृष्ठ खेलाडीले नगद २५ हजार,उत्कृष्ट फरवार्डले नगद ११ हजार,उत्कृष्ट गाेलरक्षकले नगद ११ हजार,उत्कृष्ट मिडफिल्डरले नगद ११ हजार,उत्कृष्ट डिफेन्सले नगद ११ लाख,उत्कृष्ट काेचले नगद ११ हजार तथा म्यान अफ दि म्याचले ५५ हजार पुरस्कार प्राप्त गर्ने अध्यक्ष मल्लले बताए ।

बुटवल उपमहानगरपालिका वडा नं ७ का वडा अध्यक्ष पदमराज गाहाकाे प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा वडा अध्यक्ष गाहाले पुरस्कारको राशिको हिसाबले हेर्दा रकम केही कमि भए पनि प्रतियोगिताको आफ्नो छुट्टै पहिचान रहेको बताए ।

उनलेे सिदेश्वरी खेल म‌दानलाई मिनि स्टेडियमकाे रूपमा विकास गर्ने योजना रहेको भन्दै उक्त योजना सफल बनाउन सबैको सहयोग आवश्यक रहेकोमा जाेड दिए ।

क्लबका उपाध्यक्ष राजेन्द्र रिजालकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष दीपक गुरूङलगायतका पदाधिकारीहरूले प्रतियोगिताको उदेश्य र महत्त्व बारे आ आफ्नो भनाइ राखेका थिए ।