बुटवल,१३ चैत ।
‍‍‍‍‍‍‍‍‍‍‍‍‍रूपन्देहीमा स्कुटरकाे ठक्कर बाट साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिद्धार्थगर नगरपालिका-२ मेउडीहवा बस्ने ५० वर्षीय जित बहादुर कोहार रहेका छन् ।

सिद्धार्थनगर नगरपालिका-१२ मा बर्मेलीटोलबाट देवकोटाचोकतर्फ जाँदै गरेको लु.६५ प ७२०५ नम्बरको स्कुटरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको प्रहरीले जनाउको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

स्कुटर चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।