बुटवल,९ चैत ।
रूपन्देहीको रोहिणी गाउँपालिका–३ लक्ष्मीनगरस्थित सडकमा लु. ७३ प २१२० नम्बरको मोटरसाइकल र मधेश प्रदेश ०३–००२ ख ३३६१ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

मृत्यु हुनेमा मोटरसाइकलमा सवार राेहिणी गाउँपालिका–३ कडदमहवा बस्ने २१ वर्षीय आशिष यादव रहेका छन् ।

आइतबार दिउँसो दुर्घटनामा गम्भीर घाइते भएका उनको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।