बुटवल,८ चैत ।
पाल्पाको तिनाउ खोलामा डुबेर दुई भारतीय पर्यटक बेपत्ता भएका छन् । जिल्लाकाे तिनाउ गाउँपालिका-३, दोभान ड्यामसाइडस्थित जलविद्युत आयोजनाको हेडबक्सनजिक उनीहरू डुबेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ५ जनाको समूहमा रहेका उनीहरूमध्ये २ जना पुरुष बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीका अनुसार उनीहरू डुबेर बेपत्ता भएको थाहा पाएलगत्तै स्थानीय, सशस्त्र प्रहरी र दोभान प्रहरी चौकीको टोलीले खोजी कार्य जारी राखेको छ । बेपत्ता हुनेहरूको नाम र ठेगाना अझै खुलिनसकेकाे प्रहरीले जनाएको छ ।








