बुटवल,२ चैत ।
निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही नहुनुले आगामी निर्वाचन स्वतन्त्र,निस्पक्ष,शान्तिपूर्ण र भयरहित हुनेमा आशंका उत्पन्न भएको सराेकारवालाहरूले बताएका छन् ।

संवाद समुह लुम्बिनीद्वारा साेमबार बुटवलमा आयोजित प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ काे समिक्षात्मक संवाद कार्यक्रममा सहभागीहरूले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा आचारसंहिता उल्लंघन गर्ने माथि कारबाही नहुँदा आगामी निर्वाचन स्वतन्त्र,निस्पक्ष,शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुनेमा आशंका उत्पन्न भएको बताएका हुन् ।

निर्वाचन आयोगले मात्रै आचारसंहिता अनुगमन र कारबाही गर्न सम्भव नरहेको पछिल्ला घटनाक्रमले देखाएको भन्दै उनिहरूले आचारसंहिता अनुगमन र कारबाही गर्ने छुट्टै निकाय जरुरी रहेकोमा जाेड दिए ।

उनिहरूले निर्वाचनमा राजनीतिक दलहरूका घाषणा पत्रकाे बारेमा शाेसल अडिट गर्ने ब्यवस्था गर्नुपर्ने उल्लेख गरे ।

संवाद समुह लुम्बिनीका वरिष्ठ सहजकर्ता सुशील बस्नेतकाे सहजिकरणमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसकि नेतृ रीता सेन वली,नेपाली कम्युनिस्ट पार्टीका नेता महेन्द्र भुसाल,उच्च अदालत बार एशाेसिएशन बुटवलका अध्यक्ष गाेविन्द मरासिनी,प्राध्यापक जिवनारायण अधिकारी,मानवअधिकारकर्मी अर्जुन ज्ञवाली,रूपन्देही ब्यापार संघका पुर्व अध्यक्ष टंक पाेखरेल,पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष आरपी आचार्य,संवाद समूह लुम्बिनीका सहजकर्ता विक्रम खड्का, सन्ध्या केसी अंकित घिमिरेलगायतले आ आफ्नो भनाइ राखेका थिए ।