नवलपरासी,१४ असार ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीले भ्रष्टाचार बिरोधी अभियानसंगै जनश्रम एंव जनवर्गीय संगठन र मोर्चाका गतिबिधिहरूलाई पनि अगाडि बढाइरहेको जनाएको छ ।

भ्रष्टाचार बिरोधी अभियानको घोषणा गरेको साे पार्टीले अभियानकै सिलसिलामा जनश्रम अन्तरगत शहिद परिवारको धान रोपाई समेत गर्ने जनाएको छ ।

‘भ्रष्टाचार बिरोधी अभियानलाई तीब्र रुपले संचालन गर्न आन्तरिक तयारी भइरहेको छ’ , साथमा जनश्र गर्ने योजना छ – पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले भने– ‘अभियान संगसंगै जनसंगठनका विस्तारको काम समेत हुनेछन् ।’

जिल्लामा जनसंगठन तथा मोर्चाको एकीकृत संयन्त्रको रुपमा चुडामणी भण्डरीको नेतृत्वमा क्रान्तिकारी संयुक्त मोर्चाको गठन गरिएको उनले बताए ।

मुख्य जनसंगठन रुपमा क्रान्तिकारी युवा संघ, अखिल(क्रान्तिकारी),क्रान्तिकारी महिला संगठन, क्रान्तिकारी किसान महासंघ र क्रान्तिकारी टे«ड युनियन महासंघ अग्रपक्तिमा सक्रिय छन् । युवा संघ बाहेक सबैको जिल्ला भेलाद्वारा जिल्ला सम्मेलन आयोजक समिति गठन गरिएको केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले जानकारी दिए । युवा संघ र क्रान्तिकारी दलित मोर्चाको जिल्ला भेला तयारी अवस्थामा रहेको उनको भनाई छ ।

क्रान्तिकारी युवा संघको केन्द्रीय भेलाबाट राजेन्द्र न्यौपाने, अखिल(क्रान्तिकारी)मा रमेश पाण्डेय र दलित मोर्चामा सोम बहादुर विक केन्द्रीय सदस्य निर्वाचित समेत भएका छन् । युवा संघको जिल्ला संयोजकमा राम प्रसाद अर्गेजा, महिलामा मुक्तमाया महतो, किसान महासंघमा रामचन्द्र पोखरेल , मजदुरमा ज्ञान बहादुर केसी, शहिद तथा बेपत्ता योद्धा परिवारमा उर्मिला थापाले नेतृत्व गर्दै आएको सो पार्टीले जनाएको छ ।

जिल्लामा अखिल नेपाल आदिवासी जनजाति महासंघको भेला गर्नका लागि दुर्गा नारायण चौधरीले संयोजन गर्ने समेत युवा नेता पाण्डेयले जानकारी गराए । महासंघमा हाल सम्म थारु, मगर, तमु, नेवाः र कुमाल मोर्चा आबद्ध छन् । त्यस्तै थारु मोर्चामा मेखनारायण चौधरी, मगर मोर्चामा गोबिन्द बहादुर साठीघरे,तमुमा यमबहादुर गुरुंग, कुमालमा बलबहादुर क्ुमाल , नेवाःमा चन्द्रमान मानन्धरलाई संयोजन गर्ने जिम्मा दिइएको चौधरीले जानकारी दिए । अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन ,नेपाल राष्ट्रिय प्राध्यापक संगठनलाई समेत सक्रिय बनाउने पार्टी नीति रहेको पार्टीले जनाएको छ । त्यस्तै उद्योग ब्यापार महासंघमा प्रेम पोखरेललाई संयोजकको निरन्तरता दिइएको छ ।

क्रान्तिकारी जनसांस्कृतिक महासंघ र प्रोत्साहन सांस्कृतिक परिवारले बेला मौकामा सांस्कृतिक साहित्यिक काम गर्दै आएका छन् ।

पार्टीले मधेशी राष्ट्रिय मुक्ति मोर्चा, मुष्लिम मुक्ति मोर्चा, क्रान्तिकारी बुद्धिजिवी संगठन, क्रान्तिकारी पत्रकार संगठन, क्रान्तिकारी खेलकुद महासंघ, सुकुम्बासी संगठनलगायत २५ बढी जनसंगठन एंव मोर्चालाई सक्रिय बनाउने तयारी गरेको जनाएको छ ।