बुटवल,१० असार ।
रुपन्देहीमा खाल्डोमा पानी जम्मा भएर बनेको पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ ।

जिल्लाको रोहिणी गाउँपालीका–६ बोधवारस्थित खाल्डोमा पानी जम्मा भइ बनेको पोखरीमा डुबेर स्थानीय राज घर्तीकी ४ वर्षीया छोरी अनाया घर्ती र सोही स्थानका राज किशोर घर्तीका ६ वर्षीय छोरा शुभम् घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सुरज कार्कीका अनुसार उनीहरु मंगलबार दिउँसो घरमा कोही नभएको बेला उक्त स्थानतर्फ खेल्दै जाँदा पोखरीमा परेर डुबेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।