बुटवल,९ असार ।
रुपन्देहीको मर्चवारमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रूपन्देहीको मर्चवारी गाउँपालिका–३ महाराजगञ्ज बस्ने ४५ वर्षीया प्रमिला यादव रहेकी छन् ।

इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक धनदेव साउदका अनुसार घरदेखि करिब सय मिटर पूर्वमा रहेको आफ्नै खेतमा रोपाइँ गर्न गएकी यादवलाई साेमबार बिहान करिब ६:३० बजे चट्याङ लागेको थियो ।

चट्याङ लागेपछि बेहोस भएकी उनलाई भैरहवास्थित भीम अस्पताल पुर्‍याइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक साउदले बताए ।