कपिलवस्तु,९ असार ।
कपिलवस्तु जिल्लाकाे कपिलवस्तु नगरपालिका-८ पश्चिम दोहनीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टरमा सवार सोही नगरपालिका-८ पश्चिम बेलहवा बस्ने ४० वर्षीया दुर्गावती कोरी समेत २ जना रहेका छन् ।

ना.५ त ३१४० नम्बरको ट्याक्टर सोमबार बिहान सडकमा अनियन्त्रित भई पोखरीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक एक जनाको समाचार तयार पार्दासम्म सनाखत भएको छैन ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।