बुटवल,७ असार ।
तामनगर पतञ्जली योग साधना केन्द्र बुटवल-१२ ले ११ औँ विश्व योग दिवस नन्दनी गाैशालामा मनाएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं १२ तामनगर स्थित तामनगर ब्याडमिन्टन क्लबसँगकाे सहकार्यमा बुटवलको रामनगर स्थित नन्दनी गाैशालामा रहेका गाई गाेरूहरूलाई पाैष्टिक आहार खुवाएर याेग दिवस मनाइएकाे केन्द्रले जनाएको छ ।
तामनगर पतञ्जली योग साधना केन्द्र बुटवल-१२ कि अध्यक्ष सुनिता गिरीकाे सभापतितब र बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा याेग गुरु हाेमनाथ पाैडेलले याेग अभ्यासको महत्व बारे प्रकाश पारेकाे पुश्पा आचार्यले जानकारी दिइन् ।
साे अवसरमा नगर प्रमुख पाण्डेयले शरीर स्वस्थ राख्न र तनावबाट मुक्त हुन योग अभ्यास महत्त्वपूर्ण रहेको भन्दै नियमित योग अभ्यास गर्नुपर्नेमा जाेड दिए ।
‘सिंगो पृथ्वी मानव स्वास्थ्यका लागि योग’ मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी विश्व योग दिवस मनाइँदै छ । यो अवसरमा विभिन्न संस्थाले योगका कार्यक्रम राखेका छन् ।








