बुटवल,६ असार ।
आर्थिक बर्ष २०८२/०८३ काे बजेटमाथिको छलफलका लागि शनिबार बाेलाइएकाे लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ ।
लुम्बिनी प्रदेश सभा सचिवालयले शुक्रबार एक सूचना जारी गरी
भाेली शनिबार बिहान ११:०० बजे बस्ने भनिएको प्रदेश सभाको छैठौं अधिवेशनको चौधौं बैठक स्थगित भएको जानकारी गराएको हो ।
भोलि मिति २०८२।०३।०७ गते शनिबार बिहान ११:०० बजे बस्ने भनिएको प्रदेश सभाको छैठौं अधिवेशनको चौधौं बैठक विशेष कारणवस अर्को सूचना नभएसम्मका लागि स्थगित भएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरद्वारा जारी सुचनामा जनाइएको छ ।
बैठक स्थगित हुनुको कारण नखुलाइए पनि बजेट प्रति सत्ता पक्षका सांसदहरूसमेत असन्तुष्ट भएकोले बजेटमाथिको छलफलका लागि बाेलाइएकाे प्रदेश सभाको बैठक स्थगित गरिएको बताइएको छ ।






