नवलपरासी,४ असार ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडक पुनः अवरुद्ध भएको छ ।
नवलपरासी पुर्वकाे दुम्किवास स्थित विनयी खोलामा बनाइएको डाईभर्सन बाढीले बगाउदा राजमार्ग अवरुद्ध भएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ । विनयी खोलाको पुल भाँचिएपछि खोलामाथि डाईभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आएपनि बुधबार बिहान आएको बाढीले डाईभर्सन बगाएपछि राजमार्ग अहिलेसम्म अवरुद्ध भएको हो ।
अहिले उक्त स्थानमा डाइभर्सन बनाएर सडक खुलाउने प्रयास भैरहेको र सवारी आवागमन सुचारू गर्न केहि घण्टा लाग्ने सडक डिभिजनले कार्यालयले जनाएको छ । खाेलामा पानीको वहाव कम हुँदै गएमा डाइभर्सन बनाउन ४-५ घण्टा लाग्ने कार्यालयले जानकारी दिएको छ ।






