बुटवल,१ असार ।
भूमे पर्व (भूम्या) को अवसरमा लुम्बिनी प्रदेशका चार जिल्लामा आज प्रदेश सरकारले र्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले रूकुम पूर्व, रोल्पा, दाङ र प्यूठानमा आइतबार (आज) सार्वजनिक बिदा दिएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य,सभामुख तुलाराम घर्ती मगरले मगर समुदायले मनाउने मौलिक भूमे (भूम्या) पर्वको अवसरमा प्रदेशवासीमा शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री आचार्य र सभामुख घर्ती मगरले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै प्रदेशको विविध संस्कृति, परम्परा र पहिचानलाई समेट्दै यस्ता मौलिक चाडपर्वहरूले सामाजिक सद्भाव र पहिचान संरक्षणमा योगदान पुर्याउने उल्लेख गरिएको छ ।

भूम्या पूजाको साँस्कृतिक महत्वलाई सम्मान गर्दै प्रदेश सरकारले रोल्पा, दाङ, रुकुम पूर्व र प्यूठान जिल्लामा असार १ गते आइतबार सम्बन्धित समुदायका लागि सार्वजनिक बिदा दिएको पनि जानकारी गराइएको छ ।