बुटवल,३१ जेठ ।
लुम्बिनी प्रदेश सरकारले भाेली आइतबार आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट ल्याउने भएको छ ।

अपराहन्न ३ बजे बस्ने प्रदेशसभाको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ‘राजस्व र व्ययको वार्षिक अनुमान’ प्रदेशसभामा प्रस्तुत गर्ने सम्भावीत कार्यसूची रहेको छ ।

मन्त्री कार्कीले प्रदेश सभामा वार्षिक बजेट प्रस्तुत गर्नुका साथै ‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’पनि सभामा पेस गर्ने प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।