नवलपरासी,३१ जेठ ।
महुली लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय बर्दघाटले संस्थाको १३ औं स्थापना दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रवार एक कार्यक्रम आयोजना गरी महुलीद्वारा १३ औं स्थापना दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
बर्दघाट-५ बेताहानीको परिसरमा आप,लिची,कपुर,सफेदा,पारिजात लगायत विभिन्न प्रजातिको सयौ बिरुवा रोपेर स्थापना दिवस मनाइएको शाखा प्रबन्धक गणेश कुमार चौधरीले जानकारी दिए । बृक्षारोपणमा वडा अध्यक्ष रोहित थारु,स्थानीय समाजसेवी लगायत संस्थाका कर्मचारी समेत सहभागी रहेका थिए ।
स्थानीय समुदायको सहभागितासहित सम्पन्न उक्त कार्यकमबाट भविष्यमा हरियाली प्रवर्द्धनका साथै स्वच्छ र स्वस्थ वातावरण निर्माणमा योगदान पुर्याउने संस्थाकाे विश्वास छ ।
स्थापना दिवसकै अवसरमा संस्थाले दिप प्रज्वलन सहित बाषिर्कोत्सव समेत मनाएको छ ।






