बुटवल,३० जेठ ।
बुटवलमा सहिद स्मृति जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

सहिद स्मृति प्रतिस्ठान रूपन्देहीकाे आयोजना र बुटवल उपमहानगरपालिकाकाे सहयोगमा सञ्चालित प्रतियोगिताको शुक्रबार बिहान बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन् ।
प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख पाण्डेयले शिक्षा र स्वास्थ्यकाे हवकाे रूपमा विकास हुदै गएको बुटवललाई खेलकुदकाे माध्यमबाट पनि देश विदेशमा चिनाउन बुटवल उपमहानगरपालिकाले खेलकुदकाे क्षेत्रमा करोडौं रकम छुट्टयाइएको जानकारी गराए ।
विद्यालय तहबाटै खेलाडी उत्पादन गर्ने उदेश्यले उपमहानगरपालिकाले विभिन्न विधाका विद्यालय स्तरीय प्रतियोगिता आयोजना गर्दै आएको भन्दै उनलेे पछिल्लो समय बुटवल खेलमय भएको बताए ।
सहिद स्मृति प्रतिष्ठान रूपन्देहीका अध्यक्ष हरी प्रसाद घिमिरेको अध्यक्षता र नगर प्रमुख पाण्डेयकाे प्रमुख आतिथ्यतामा प्रतियोगिता उद्घाटन कार्यक्रममा बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य राधा पाैडेल, बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समिति संयोजक बाेनिन पिया,कार्यक्रम संयोजक पुष्पराज ढकाल,प्रतिस्ठानका सचिव दामोदर घिमिरेलगायतले प्रतियोगिताको आवश्यकता र औचित्य बारे आ आफ्नो भनाइ राखेका थिए ।
बुटवल उपमहानगरपालिका वडा नं ७ शिवनगर स्थित न्यु लुम्बिनी ब्याडमिन्टन कभर्डहलमा सञ्चालन भएको प्रतियोगितामा नेकपा माओवादी केन्द्र रूपन्देहीका संयोजक निर्मल जिसी,माओवादी केन्द्रका नेता सुजित बिकलगायत १६ टिमको सहभागीता रहेको आयोजकले जनाएका छन् ।






