नवलपरासी,२९ जेठ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले संस्थागत भष्ट्रचार बिरुद्ध सशक्त संर्घष गर्ने चेतावनी दिएको छ ।

पार्टीको सुनवल नगर संगठन समितिले विहीवार आयोजना गरेको एक प्रशिक्षणमा पार्टीका युवा नेता समेत रहेका केन्द्रीय सदस्य एंव जिल्ला सेक्रेटरी रवि पाण्डेयले भष्ट्रचार देशको पहिलो समस्या रहेको चर्चा गर्दै भष्ट्रचार बिरुद्ध निर्मम ढंगले संर्घष गर्ने चेतावनी दिए ।

भष्ट्रचारले देश खोक्रो पारेको भन्दै उनलेे दलाल संसदीय ब्यवस्थाले भष्ट्रहरुलाई कारवाही गर्ने ल्याकत नराख्ने बताए । अनेकौ काण्डहरुका नाइकेहरुले कानुनको छिद्रलाई दुरुपयोग गरेर लुट मच्चाइरहेकाे आराेप लगाउदै उनलेे त्यस्तो लुट अब जनताले टुलुटुलु हेरेर नबस्ने दाबी गरे । संस्थागत भष्ट्रचारका बिरुद्ध जनताले नै जनकारवाही संचालन गर्ने समय आएको भन्दै उनलेे त्यसमा पार्टीको सशक्त उपस्थिति रहने बताए ।

पार्टीका सुनवल नगर संयोजक प्रेमलाल रिमालले भष्ट्रचार बिरुद्धको अभियान यही असार पाँच गते उद्घाटन गर्ने तयारी रहेको जानकारी गराउदै अभियानको पूर्व तयारी स्वरुप पार्टीका आन्तरिक कामहरु जारी रहेको बताए । भष्ट्रचार बिरुद्धको अभियानको तीन चरणमा विभाजन गरेर संचालन गर्ने पार्टीले जनाएको छ ।