बुुटवल,२९ जेठ ।
नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष बिपुल पाेखरेलले
पछिल्लो समय केही समूह गणतन्त्रमा केही भएन भन्ने भास्य निर्माण गरेर ब्यवस्थामाथि निरन्तर प्रहार गरिरहेको भन्दै लाेकतन्त्रवादी पत्रकारहरूले त्यस्ता भ्रम चिर्न जरुरी रहेको बताएका छन् ।
नेपाल प्रेस युनियन रुपन्देहीद्वारा बुटवलमा आयोजित दुई दिने विकास पत्रकारिता तालिम समापन कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष पाेखरेलले केही समुह मुलुकमा केही भएन भन्ने गलत भास्य निर्माण गरेर राज्यका निकायहरूलाई कमजोर बनाउने र ब्यवस्थालाई असफल बनाउन लागिपरेकोले पत्रकारहरूले त्यस्ता अफवाहलाई चिर्नेगरी कलम चलाउनुपर्ने बताएका हुन् ।
नियमित रूपमा गरिने सामान्य पत्रकारिताले त्यस्ता भ्रम चिर्न नसकिने भन्दै उनलेे पत्रकारिता र सिंगाे ब्यवस्थामाथिको आक्रमण बिरूद्व शसक्त रूपमा कलम चलाउनुपर्नेमा जाेड दिए ।
लाेकतन्त्रमा मात्रै प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता सुनिश्चित हुने भन्दै निवर्तमान अध्यक्ष पाेखरेलले राज्यका केही निकाय र राज्यसत्ता सञ्चालन गर्ने एकाध राज्य सञ्चालकबाट भएका केही कमिकमजाेरीलाई उचालेर ब्यवस्थामाथिकाे प्रहारबारे पत्रकारहरूले आम नागरिकलाई सुसूचित गराउन जरुरी रहेको उल्लेख गरे ।
तालिमका प्रमुख प्रशिक्षक समेत रहेका महासंघका निवर्तमान अध्यक्ष पोखरेलले पत्रकारितामाथि आक्रमण र त्रासको वातावरण बनेको भन्दै प्रेसका स्वतन्त्रताकाे पक्षमा निर्भिक भएर सबै एकठाउमा उभिनुपर्नेमा जाेड दिए ।
उनले पत्रकारहरुले सधै आलोचनात्मक चेत बोकेर काम गरिरहनुपर्ने बताए ।
विकास पत्रकारिता बहुआयामिक भएको भन्दै उनलेे पत्रकारहरूले साेही अनुसार कलम चलाउन जरुरी रहेको बताए ।
दिलभुषण पाठक पक्राउ पुर्जी असम्बन्धित ऐनको दुरुपयोग गरेर पत्रकारीता प्रति अंकुश लगाउने कार्य स्वीकार्य छैन । कसको क्षेत्रााधिकार के हो भन्ने बिषय अदालतले पनि ख्याल गर्न जरुरी रहेको उल्लेख गरे ।
कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सदस्य रेखा भुसाल,
युनियनका पुर्व अध्यक्षहरू रामराज पोखरेल,खिमानन्द भट्टराई, हरिष ढकाल,भवानी प्रसाद पाण्डे,सल्लाहकार माधव नेपाल, बिष्णु भुसाल लगायतले बिगत र बर्तमानकाे पत्रकारीता बारे आ आफ्नो अनुभव सुनाएका थिए ।
प्रेस युनियन रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा भएको तालिममा रुपन्देहीका करिब १ सय ५० जना सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा प्रेस युनियनका सदस्य एवं सर्जक डिल्लीनारायण पाण्डेयलाई दोसल्ला र प्रशंसापत्रले सम्मान गरिएको थियो । पाण्डेयले बुटवलसहित बिभिन्न ४ वटा पालिकाका नगरगान रचना गरेका थिए ।
प्रेस युनियन रुपन्देहीका अध्यक्ष कबिन्द्र नेपालको अध्यक्षता तथा सचिव कपिल ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको तालिम संयोजक समेत रहेकी उपाध्यक्ष कल्पना तिवारीले जानकारी दिइन् ।






