नवलपरासी,२७ जेठ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी जिल्ला समिति नवलपरासी अन्तरगत बर्दघाट नगर संगठन समितिले पनि भ्रष्टाचार विरुद्ध अभियान संचालनको तयारी गरेको छ ।

पार्टीको मंगलवार सम्पन्न नगरपालिका समितिको पुर्ण बैठकले संस्थागत भ्रष्टाचारले देश खोक्रो भएको भन्दै अभियान संचालन गर्ने निर्णय गरिएको साे पार्टीले जनाएको छ ।

अभियानको क्रममा असार ५ गते केन्द्रीय योजना अनुसार जिल्ला सदरमुकाम परासीमा हुने अभियान उदघाटन कार्यक्रमलाई भब्य रुपमा सफल बनाउने तयारी भएको पालिका संयोजक राम प्रसाद अर्गेजाले बताए ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा इन्चार्ज क्षेत्र बहादुर थापाले नयाँ जनवादको खुडकिलो पार गर्दै बैज्ञानिक समाजवाद तर्फ अगाडी बढ्नु पर्ने बताए ।

पार्टी केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी रवि पाण्डेयले भ्रष्टाचार बिरुद्व आन्दोलन केन्द्रित गर्नुपर्नेमा जाेड दिए ।

नगर संयोजक राम प्रसाद अर्गेजाको अध्यक्षता र ज्ञान बहादुर केसीको सहजिकरणमा सम्पन्न कार्यक्रममा पार्टी कार्यालय सदस्य गणेश बहादुर ढकाल, दुर्गा नारायण चौधरी,क्रान्तिकारी संयुक्त मोर्चाका संयोजक चुडामणि भण्डारी,सल्लाहकार बाबुराम मुसाफिर, गोबिन्द बहादुर साठिघरे लगायतकाे आतिथ्यता रहेको साे पार्टीले जनाएको छ ।