नवलपरासी,२६ जेठ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीले जिल्लाका सबै पालिकाहरूमा भ्रष्टाचार बिरूद्वकाे अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

जिल्लाका सबै पालिकाहरूमा भ्रष्टाचार बिरूद्वकाे अभियानकाे तयारी स्वरूप विभिन्न पालिकाहरूमा तयारी बैठक तथा छलफल भइरहेको पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रबी पाण्डेले जानकारी दिए ।

नवलपरासी जिल्ला समिति अन्तरगत सुस्ता गाउँ सङ्गठन समितिले भ्रष्टाचार विरुद्ध अभियान संचालनको तयारी गरेको छ । पार्टीको आइतवार सम्पन्न गाउँपालिका समितिको पुर्ण बैठकले संस्थागत भ्रष्टाचारले देश खोक्रो भएको भन्दै अभियान संचालन गर्ने निर्णय गरेको साे पार्टीले जनाएको छ ।

अभियानको क्रममा असार ५ गते केन्द्रीय योजना अनुसार जिल्ला सदरमुकाम परासीमा हुने अभियान उदघाटनलाई भब्य रुपमा सफल बनाउने पालिका संयोजक सोम बहादुर बिश्वकर्माले बताए । बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेय, गोबिन्द बहादुर साठिघरे लगायतले भ्रष्टाचार बिरुद्वको अभियानको चरणहरु र समसामयिक राजनैतिक बिषयमा मन्तब्य दिएका थिए ।