गुल्मी,२५ जेठ ।
गुल्मीको सत्यवती गाउँपालिका–२ पहादीस्थित सडकमा बा.१ ख ९१५१ नम्बरको जेसिबिको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८४ वर्षीया जमुना पाण्डेको मृत्यु भएको छ ।

जेसिबिकाे ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा थप उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो ।

रोकीराखेको जेसिबि शनिबार दिउँसो आफै गुड्न गई उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनापछि फरार जेसिबि चालकको खोजी भइरहेको र दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।