बुटवल,२५ जेठ ।
रुपन्देहीकाे मर्चवारमा एक युवती जलेको अवस्थामा मृत फेला परेकी छन् । जिल्लाको सम्मरीमाई गाउँपालिका–५ स्थित मर्चवार क्षेत्रमा आइतबार बिहान २२ वर्षीय सिर्जना पाल खेतमा जलेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटना बारे खबर जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
आफ्नो घरदेखि करिब १ किलोमिटरको दुरीमा सिर्जना जलेको
अवस्थामा मृत फेला परेकी हुन् ।
मृतक सिर्जनाका श्रीमानलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछ तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






