नवलपरासी,२४ जेठ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी जिल्ला समिति नवलपरासी अन्तरगत प्रतापपुर गाउँ संगठन समितिले भ्रष्टाचार विरुद्ध अभियान संचालन गर्ने भएको छ ।

शनिवार गोपिगन्जमा सम्पन्न पार्टीको गाउँपालिका समितिको पुर्ण बैठकले संस्थागत भ्रष्टाचारले देश खोक्रो भएको भन्दै अभियान संचालन गर्ने निर्णय गरिएको हो ।

जस अनुसार असार ५ गते केन्द्रीय योजना अनुसार अभियान उदघाटनलाई भब्य रुपमा सफल बनाउने पालिका संयोजक यम बहादुर गुरुङले बताए ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापा,अर्का केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेय, सल्लाहकार गुणनिधि पोखरेल लगायतले भ्रष्टाचार बिरुद्वको अभियानको चरणहरु र समसामयिक राजनैतिक बिषयमा प्रशिक्षण दिएका थिए । सो अवसरमा जिल्ला सल्लाहकार अबोध,मदन ,अर्जुन, जिल्ला सदस्य उज्ववल र कृष्णले जन सम्बन्ध विस्तार अभियानको प्रभाव बारे अनुभुति राखेका थिए ।