परासी,२३ जेठ ।
पश्चिम नवलपरासीकाे सुनवल नगरपालिका–२, अवरैयामा एक युवकले आफ्नै बाबुसहित दुई जनाको हत्या गरेका छन् ।
सुनवल नगरपालिका वडा नं २ बस्ने २७ वर्षीय हेमराज थारुले आफ्नै बुबा ५० वर्षीय जय राम थारु र ७० वर्षीय छिमेकी नाथु धरिकारलाई कोदालोले प्रहार गरी हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।
प्रहरीका अनुसार, हेमराजले बुबा जय राम थारुको घाँटीमा कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । बाबुलाई काेदालाे प्रहार गरेसँगै उनले छिमेकी नाथु धरिकारलाई पनि टाउको र घाँटीमा प्रहार गरेका थिए ।
हत्या आराेपमा हेमराज थारुलाई नियन्त्रणमामा लिई घटनाकाे बिषयमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।
के कारणले हत्या गरेको भन्ने हालसम्म खुल्न नसकेकाे र अभियुक्त हेमराजसँग सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक विरदत्त पन्तले जानकारी दिए ।






