दुम्किबासदेखि अरुणखोलासम्म १० किलोमिटर पार गर्न पाँच घण्टा !

नवलपरासी,१७ जेठ ।
पुर्ब पश्चिम महेन्द्र राजमार्गअन्तर्गत दुम्किबासस्थित विनयी खोलाको डाइभर्सनमा एकतर्फी मात्र सवारी सञ्चालन हुँदा दुम्किबास बजारदेखि अरुण खोलासम्म १० किलोमिटर लामो जाम लागेको छ ।

गत बिहीबार बाढीले बगाएको विनयी खोलाको डाइभर्सन पुनर्निर्माण गर्दा हाल सवारीसाधनलाई एकतर्फी पालैपालो पठाउनुपरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्बले जनाएको छ ।

राजमार्गमा एकतर्फी मात्रै सवारीसाधन सञ्चालन हुँदा १० किलोमिटर लामो जाम लागेको हो ।

सडकमा सवारीसाधनकाे जामका कारण उक्त क्षेत्रमा १० किलोमिटर दुरी पार गर्न पाँच घण्टा लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।