बुटवल,१६ जेठ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ५ नम्बर ब्यूरो ( साबिक लुम्बिनी) को आयोजनामा राजनैतिक बैचारिक प्रशिक्षण कार्यक्रम शुक्रवार बुटवलमा सम्पन्न भएको छ ।

पार्टीको जिल्ला सचिवालय सदस्य सम्मका नेताहरुलाई लक्ष्यित गरेर प्रशिक्षण गरिएको साे पार्टीले जनाएको छ ।

नवलपरासी,रुपन्देही,कपिलवस्तु, अर्घाखाँची, गुल्मी र पाल्पाका नेताहरु सहभागी प्रशिक्षणमा पार्टी स्थायी समिति सदस्य असिम, पोलिटब्युरो सदस्य एवं ब्युरो इन्चार्ज प्रमोदले पार्टीको एकता महाधिबेशनमा पारित नीति कार्यक्रम, साङ्गठनिक नीति र बिधान बारे प्रशिक्षित गरेका गरेका थिए ।

ब्युरो सेक्रेटरी सुबोधकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा संकल्प, रमेश, केन्द्रीय सल्लाहकार सन्जिवकुमार लगायतले आ आफ्नो भनाइ राखेका थिए ।