बुटवल,६ बैशाख ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जाृख बहादुर महराले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

नेकपा एमालेबाट चार, नागरिक उन्मुक्ति पार्टीबाट एक, नेकपा एकीकृत समाजवादीबाट एक र स्वतन्त्रबाट एक मन्त्री थपेर
मुख्यमन्त्री महाराले बिहीबार मन्त्रीपरिषद बिस्तार गरेका हुन् ।

१० सदस्यीय मन्त्रीपरिषद रहेको लुम्बिनीमा ११ सदस्यीय मन्त्रीपरिषद गठन भएको हो । त्यसमध्ये ७ जना विना विभागीय छन् । मुख्यमन्त्री महराले यसअघि बिना बिभागिय मन्त्री रहेका तीन जनालाई मन्त्रालयकाे जिम्मेवारी दिए पनि आज थपिएका ७ जनालाई मन्त्रालयकाे जिम्मेवारी ताेकिएकाे छैन ।

यसअघि गठन भएको मन्त्रीपरिषदमा बिनाबिभागिय मन्त्री बनेका एमालेका चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादीका दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय र जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । बाँकी सबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री महराले आफैसँग राखेका छन् ।