काठमाण्डौ,२ बैशाख ।
इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किङ्सलाई ३ विकेटले पराजित गरेको छ ।

एक सय ४८ रनको लक्ष्य पाएको राजस्थानले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्‍याे । गयराती राजस्थानका यसस्वी जैसवालले सबैभन्दा धेरै ३९ रन बनाए । पन्जाबका कागिसो राबडा र साम कुरानले २–२ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर एक सय ४७ रन बनाएको थियो । पञ्जावका अशुतोष शर्माले सबैभन्दा धेरै ३१ रन बनाए । राजस्थानका अभेस खान र केशव महाराजले २–२ विकेट लिए । ६ खेल खेलेको राजस्थान १० अङ्कका साथ शीर्षस्थामा छ ।

४ अंकसहित पन्जाब आठौँ स्थानमा रहेको छ । आइपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो पौने ४ बजे कोलकत्ता नाइट राइडर्स र लखनउ सुपर जाइन्ट्स तथा दोस्रो खेलमा बेलुका पौने ८ बजे मुम्बइ इण्डियन्स र चेन्नइ सुपर किंग्स खेल्दैछन् ।