Dipendra Singh Airee of Nepal plays a shot during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Qatar held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 13, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

तस्बिर : क्यान
काठमाण्डाै,१ बैशाख ।
एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दाेस्राे जित हात पारेकाे छ । ओमानमा जारी एसीसी प्रिमियर कप अन्तर्गत आज भएकाे खेलमा नेपालले कतारलाई ३२ रनले हरायाे ।

नेपालले दिएकाे २ सय ११ रनकाे लक्ष्य पछ्याएकाे कतारले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७८ रनमात्र बनाउन सक्याे । ओमानका कप्तान मुहम्मद तानभीरले सबैभन्दा धेरै ६३ रन बनाए । नेपालका ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, गुल्सन झाले समान २ विकेट लिए । यस्तै कुशल मल्ल र अबिनाश बाेहराले समान १ विकेट लिए ।

यसअघि अल अमिरात क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) मा टस जितेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय १० रन बनायाे । नेपालका दीपेन्द्रसिंह ऐरीले २१ बलमा नट आउट ६४ रन बनाए । दीपेन्द्रले खेलकाे २० औँ ओभरमा ६ वटा छक्का प्रहार गरेका हुन् । यस्तै आसिफ शेखले ५२ र कुशल मल्लले ३५ रन बनाए । ओमानका हिमान्सु राथोड र मुसवार साहले सामान तीन विकेट लिए ।

यसअघि हिजाे आफ्नाे पहिलाे खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएकाे थियाे । अब नेपालले तेस्राे खेलमा पर्सि साेमवार हङकङसँग र वैशाख ४ गते बुधवार समूह चरणकाे अन्तिम खेलमा साउदी अरेबियासँग खेल्नेछ ।

टी-२० फर्म्याटमा भइरहेकाे प्रिमियर कप वैशाख ९ गतेसम्म चल्नेछ । एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।