Nitish Kumar Reddy of Sunrisers Hyderabad celebrates the wicket of Jitesh Sharma of Punjab Kings during match 23 of the Indian Premier League season 17 (IPL 2024) between Punjab Kings and Sunrisers Hyderabad held at the Maharaja Yadavindra Singh International Cricket Stadium, Mullanpur on the 9th April 2024. Photo by Deepak Malik / Sportzpics for IPL

काठमाण्डौ,२८ चैत ।
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराईजर्स हैदराबादले पञ्जाब किंग्सलाई २ रनले हराएको छ । गएराति भएको खेलमा हैदराबादले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन मात्र बनायो ।

पञ्जाबका लागि शशाङ्क शर्माले सर्वाधिक ४६ रन बनाए । आशुतोष शर्माले ३३ रन बनाए । हैदराबादका भुवनेश्वर कुमारले २ तथा प्याट कमिन्स, नटराजन, नितिश रेड्डी र जयदेव उनादकटले १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो ।

हैदराबादका लागि नितिश रेड्डीले ६४ रन बनाएका थिए । यस्तै अब्दुल समादले २५ तथा ट्राभिस हेडले २१ रन बनाए । पञ्जाबका आर्शदीप सिंहले एक्लैले ४ विकेट लिए । जितपछि ५ खेलमा ३ जित सहित हैदराबाद पाँचौँ स्थानमा छ भने ५ खेलमा २ खेल जितेको पञ्जाब छैठौँ स्थानमा छ ।

आईपीएलमा आज राजस्थान रोयल्स र गुजरात टाईटन्स खेल्दैछन् । जयपुरमा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।