काठमाडौं,१५ चैत ।
नेपाल ए र आयरल्यान्ड ए बीचको पहिलो टी-२० अभ्यास खेल रद्द भएको छ ।

बुधबार रातिदेखि नै पानी परेपछि खेल रद्द भएको हो ।

दुवै टोलीका खेलाडी मैदान नै आएका थिएनन् । नेपाल क्रिकेट संघ (क्यान) ले पुन: तालिका सार्ने जनाएको छ ।

टीयु मैदानको पिच र आउटफिल्ड दुवै कभरले ढाकिएको छ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी-२० र एक दिवसीय सिरिज हुने कार्यक्रम छ ।

यस खेलसहित क्यानले पुन: नयाँ तालिका सार्वजनिक गर्ने तयारी गरेको छ ।