बुटवल,५ फागुन ।
यातायात मजदूर तथा व्यवसायी भलाई कोष रुपन्देहीको अध्यक्षमा दिनेश फुल्लेख पुनः निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न कोषको निर्वाचनमा अर्का उम्मेदवार डिलबहादुर थापालाई पराजित गर्दै उनी विजयी भएका हुन् ।

फुल्लेलले ३०९ मत प्राप्त गर्दा थापाले ८९ मत प्राप्त गरेका थिए । यसैगरी महासचिव पदमा योगबहादुर गुरुङ निर्वाचित भएका छन् ।
गुरुङले ३२८ मत पाउँदा खरेलले ७१ मत प्राप्त गरे । त्यस्तै कोषाध्यक्ष पदमा प्रकाशकुमार नेपाल विजयी भएका छन् । उनले ३२७ मत प्राप्त गर्दा चिरञ्जिवी पाण्डेले ७१ मत प्राप्त गरेका थिए ।

कोषको अन्य पदाधिकारीहरुमा भने यसअघि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक रामराज पोखरेलले जानकारी दिए ।
उपाध्यक्ष्मा छविलाल थापा र सचिवमा वृजेश न्यौपाने र १२ जना कार्यसमिति सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् ।

कोषको सदस्यहरुमा किशोर क्षेत्री, भक्तिराम शर्मा, अमित अधिकारी, लालकाजी गुरुङ, दिलीप कार्की, श्याम गैरे, अर्जुनकुमार बन्जाडे, सुदर्शन धिताल, चेतबहादुर गुरुङ, लक्ष्मीप्रसाद पाण्डे, नरबहादुर रजाली र प्रकाश गैरे रहेका छन् ।