बुटवल,४ फागुन ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि लुम्बिनी प्रदेशले मिति र स्थान तय गरेको छ । लुम्बिनी प्रदेश राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजक समितिको बिहिबार बुटवलमा बसेको बैठकले प्रदेश स्तरीय प्रतियोगिता यहि फागुनको १९, २० र २१ गते रुपन्देहीमा गर्ने निर्णय गरेको हो ।

उक्त प्रतियोगिताको लागि केन्द्रमा फागुनको २४, २५ र २६ गते मिति तय भईसकेको छ । बैठकले यहि फागुन १५ गते भित्रै सक्नेगरी जिल्लालाई निर्देशन गरिएको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी गराए ।
त्यस्तै बैठकले आवश्यक कार्यसम्पादनको लागि सदस्य सचिव भट्टराईलाई सबै जिम्मेवारी प्रदान गरेको छ । अघिल्लो वर्ष नेशनल च्याम्पियन बनेको लुम्बिनी प्रदेश यो वर्ष अझै बढी तयारीका साथ अगाडि बढिएको सदस्य सचिव भट्टराईले बताए ।
बैठकमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय खेलकुद महाशाखा प्रमुख मनोज गैरे, नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी बल नेपालका प्रतिनीधि, खेल संघका प्रतिनीधिहरु तथा मन्त्रालयका कर्मचारीहरु सहभागि थिए ।

अघिल्लो वर्ष रोल्पा जिल्ला राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि भएको थिएन । त्यस्तै धेरै पालिकाहरु पनि थिएनन् । यो वर्ष रोल्पाले पनि सहभागिता जनाउँदै छ । सदस्य सचिव भट्टराईका अनुसार यो वर्ष प्रदेशका १२ वटै जिल्ला र अधिकाँश पालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि हुँदैछन् ।

कक्षा १२ सम्म अध्ययन गर्ने र १८ वर्ष मनीका बालबालिका सहभागि हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिवलमा महिला÷पुरुष, कवड्डीमा महिला÷पुरुष, एथेलेटिक्स तथा मार्सल आर्टमा उसु, कराँते र तेक्वाण्डो गरी ६ विधाका प्रतियोगिता समावेश गरिएको छ ।